नुवाकोट, २४ भदौ । जिल्ला ट्राफिक कार्यालय नुवाकोटका सई सुरेन्द्र बिष्टलाई बागमती प्रदेश ट्राफिक कार्यालय तानिएको छ ।
बागमती प्रदेश ट्राफिक कार्यालय इन्चार्ज प्रहरी उपरीक्षक शान्ति राज कोइरालाले बिष्टको काज सरुवा गर्दै प्रदेशमा तानेका हुन् । बिष्टको बिरुद्धमा अत्याधिक उजुरी परेपछि काज सरुवा गरिएको एस्पी कोइरालाले बताए ।
नुवाकोटमा कार्यरत बिष्टलाई नुवाकोटमा बस्न उपयुक्त नलागेको, इच्छा नलागेको र विष्टका विभिन्न समस्याका कारण बागमती प्रदेश कार्यालयमा तानिएको एस्पी कोइरालाले बागमती प्रेसलाई जानकारी दिए ।
बागमती प्रेससँगको कुराकानीमा हतारहतार बोलेर प्रस्नको पुरा उत्तर पनि नटुङग्याई फोन काटेका एस्पी कोइरालाले बिष्टलाई प्रदेश कार्यालयमा तानेर शक्तिको रजाईं गरिरहेको देखिन्छ । अब नुवाकोटमा विष्टको ठाउँमा सन्तोष पोखरेल आउने एस्पी कोइरालाले बताए ।