• २९ माघ २०८१, मंगलवार

नुवाकोटको तारुका र धादिङको देउरालीखामी जोड्ने पुल व्यक्तिगत खर्चमा निर्माण

नुवाकोट, २५ भदौ । नुवाकोटको तारुका र धादिङको देउरालीखामी जोड्ने पुल निर्माण भएको छ । एक व्यक्तिको ३ लाख ९० हजार रुपैयाँ निजी लागतमा तारकेश्वर २ र धादिङको निलकण्ठ ५ खानिखोला जोड्ने १३ मिटर लामो पुल निर्माण गरिएको हो ।

विदुरदेखि २० किलोमिटर दक्षिणमा रहेको तारकेश्वर गाउँपालिका २ तारूकाका जनकराज ढुङ्गानाले आफ्ना बाबु स्व. युवराज ढुङ्गाना र आमा रोहिणीकुमारी ढुङ्गानाको स्मृतिमा व्यक्तिगत खर्चमा पुल निर्माण गरेको बताइएको छ ।

ढुङ्गानाले पुलको निर्माण गरेसँगै सर्वसाधारणलाई खोलामा आवतजावत गर्न सुविधा पुगेको छ । उनले जनताको असुविधालाई तीनै तहको सरकारले सम्बोधन गर्न नसकेपछि व्यक्तिगत लगानीमा पनि विकास गर्न सकिने उदाहरण आफुले सिद्ध गरेको बताए ।

प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले पुलको उद्घाटन गरेका हुन् । खतिवडाले सरकारको ध्यान पुग्न नसक्दा निजी लगानीमा यसरी विकास हुनु स्वागतयोग्य रहेको बताए। उनले तारुकासहित नुवाकोटको विकासका लागि ढुंगानाको योगदान सदैब स्मरणयोग्य रहेको बताए ।

तारकेश्वर गापा २ का वडाध्यक्ष सम्मरबहादुर आलेमगरले यस्ता विकासले सरकारका निकायलाई पनि टेवा पुग्ने बताए । वर्खामा पानी र हावा आउँदा हिड्ने यात्रुहरुको सहजताको लागी पुलमा ट्रस निर्माण गरिएको छ ।

नुवाकोटको तारुका साथैनिलकण्ठ नगरपालिकाका सर्वसाधारणहरु केउरीनी बजार आउने मुख्य नाकामा पुल बनेसँगै देउरालीखामी, पिमलखोला, डाडाँबसा, गैरीबसा, जोगीडाडाँ, धुसेनी कटेनीलगायत स्थानका सर्वसाधारणलाई सहज रुपमा आवत जावत गर्न सुविधा पुगेको छ । गो समाचार अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्