• ३ श्रावण २०८२, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा सत्ता साझेदार दललाई सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह

भदौ २५, काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दललाई सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम दिन आग्रह गरेका छन् । 

शुक्रबार बिहान बालुवाटारमा भएको सत्तारुढ दलको बैठकमा उनले साझेदार दलसँग मन्त्रिपरिषदलाई छिट्टै पुर्णता दिने भन्दै नाम दिन आग्रह गरेका हुन् । 

गठबन्धनमा सामेल दलका प्रमुखले छिट्टै पार्टीमा छलफल गरेर नाम दिने जानकारी प्रधानमन्त्री देउवालाई गराएका छन् । 

बिहान बालुवाटारमा बैठक बसे पनि समय अभावका कारण धेरै विषयमा छलफल गर्न नसकिएकाले साँझका लागि पुनः बैठक बोलाइएको छ । 

साँझको बैठकले मन्त्रिपरिषद विस्तारको छिटो टुंग्याउने सहमति नेताहरुविच भएको छ । बैठकमा एमसीसी संसदबाट पारित गर्ने वा नगर्ने भन्ने विषयमा साझा धारणा बनाउने विषयमा पनि कुराकानी हुनेछ । 

देउवा प्रधानमन्त्री भएको दुई महिना हुन लाग्दा पनि उनले मन्त्रिमण्डललाई पूर्णता दिन नसकेकोमा आलोचना हुँदै आएको छ । हालसम्म देउवाको मन्त्रिमण्डलमा पाँचजना मन्त्री छन् । 

शुक्रबार बिहान बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी नेतृ दुर्गा पौडेल सहभागी थिए ।





प्रतिक्रिया दिनुहोस्