भदौ २५, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच सरकारले आर्थिक अध्यादेश संसदबाट बहुमतले पारित भएको छ ।
शुक्रबार बसेको प्रतिनिसभा बैठकले सरकारले पेस गरेको आर्थिक अध्यादेश बहुमतबाट पारित गरेको हो ।
एमालेको अवरोध र नाराबाजीलाई बेवास्ता गर्दै सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका हुन् ।
एमालेको नाराबाजी र विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आर्थिक अध्यादेश संसदमा पेश गरेका थिए ।