• ११ असार २०८३, बिहीबार

नेपाली कांग्रेस तारकेश्वर गाउँ सभापतिमा युवा नेता शिव अधिकारीको उमेद्वारी घोषणा

नुवाकोट, २९ भदौ । तारकेश्वर गाउँपालिकामा रहेर लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय स्थापित शिव अधिकारी (अविरल) ले नेपाली कांग्रेसको आसन्न अधिवेशनमा तारकेश्वर गाउँपालिकाबाट गाउँपालिका सभापतिमा चुनाव लड्ने घोषणा गरेका छन् ।

विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय अधिकारीले गाउँपालिकाका विभिन्न सामाजिक महत्वका क्रियाकलापहरुमा सहभागिता गर्दै गाउँपालिकाको हरेक गलत निर्णयको विरुद्ध एक्लैले खबरदारी गर्दै आएकाछन् ।

उनले तारकेश्वर गाउँपालिकालाई समृद्ध बनाउन विभिन्न समयमा आवाज उठाउँदै आइरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्