रसुवा, ३१ भदौ । रसुवा जिल्लाको कालिका गाउँपालिका अध्यक्ष सिता पौडेल बिरुद्ध जिल्ला अदालत रसुवामा परेको रिट विचाराधीन अवस्थामा रहेको बताइएको छ । रसुवाका एक जनप्रतिनिधिले दर्ता नै नभएको गाउँपालिका अध्यक्षमा विजयी भएपछि गाउँपालिकाले जग्गा आफ्नो भन्दै बेचेर पाँच लाख रूपैयाँ ठगी गरेको पैसा दिन्छ, घर खाली गर भन्दै दबाब दिएकी थिइन ।
कालिका गाउँपालिका अध्यक्ष सीता कुमारी पौडेलले वडा नम्बर २ का बालकृष्ण घिमिरेलाई सार्वजनिक जग्गालाई जग्गा र घर आफ्नो हो भनेर बेचेको र पछि पौडेलले घर खाली गर्न दवाव दिएको भन्दै घिमिरेले कालिका गाउँपालिका र गाउँपालिका अध्यक्ष सीता कुमारी पौडेल बिरुद्ध जिल्ला अदालत रसुवामा मुद्दा दायर गरेका थिए ।
गाउँपालिका बिरुद्धको मुद्दाको फैसला भइसकेको भएतापनि अध्यक्ष सीता कुमारी पौडेल बिरुद्धको मुद्दा जिल्ला अदालत रसुवामा विचाराधीन अवस्थामा रहेकोले घिमिरेले जिल्ला प्रहरी कार्यालय रसुवाका उजुरी दर्ता गर्न खोज्दा नगरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी देवेन्द्र पाण्डेले जानकारी दिए ।
“मुद्दा पहिले नै अदालत पुगिसकेको छ, डीएसपी देवेन्द्र पाण्डेले भने, ” अदालतमा विचाराधीन रहेको मुद्दा लिएर फेरि अदालत नै जाने कुरा हुँदैन, त्यसैले उजुरी दर्ता गरेनौँ, फैसला पछि दर्ता गर्न सकिन्छ । ” जग्गा किनेर ३ लाखको लगानीमा होटल व्यवसाय सञ्चालन गर्दै आएका घिमिरेले ८ लाखको क्षेतिपुर्ति दिलाई पाउँ भनि अतालतमा मुद्दा दायर गरेका छन् । अहिले पौडेलले ठगी गरेको आरोप लगाइरहेका पौडेलले तत्कालीन समयमा आपसी समझदारीमा नै जग्गा किनेका थिए ।