• ३ श्रावण २०८२, शुक्रबार

विवेकशील साझाद्धारा एमसीसी विरुद्ध नुवाकोटमा प्रदर्शन

नुवाकोट, ३१ भदौ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा विवेकशील साझाले नुवाकोटमा पनि प्रदर्शन गरेको छ ।

एमसीसी देशको हितमा नभएको भन्दै विवेकशील साझाले बिहीबार जिल्ला सदरमुकाम विदुरमा प्रदर्शन गरेको हो ।

विवेकशील साझाले विभिन्न जिल्लामा एमसीसी विरुद्ध प्रदर्शन गर्दै आएको छ ।

सोही अनुसार एमसीसीको बिरोध गर्ने क्रममा आज नुवाकोटको सदरमुकाम विदुरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको नुवाकोटका संयोजक दामोदर नेपालले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्