• २५ भाद्र २०८१, मंगलवार

नुवाकोटको दुप्चेश्वरमा बाँस र निगालाको सामान बनाउने तालिम

नुवाकोट, २ असोज । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा रहेको नमुना वस्ती र वडा नम्बर ६ का अति जोखिममा परेका व्यक्तिहरुलाई लक्षित गरी बाँस र निगालाको चोयामार्फत बन्ने सामग्रीहरु निर्माण गर्ने तालिम दिइएको छ ।

स्थानीयस्तरमा खेर गइरहेको बाँस र निगालोको प्रयोगमार्फत विभिन्न सामग्री बनाएर आर्थिक आयआर्जन गराउन सहयोग पुर्‍याउने लक्ष्यसहित उक्त तालिम आयोजना गरिएको हो ।

दुप्चेश्वर गाउँपालिकाको समन्वयमा पूर्णिमा कार्यक्रमको सम्बोधन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा १० जना व्यक्तिहरुको सहभागिता रहेको थियो । बिहीबार १५ दिने तालिमको समापन गर्दै सहभागीहरुलाई गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

No description available.

खेर गइरहेको स्रोतसाधनको प्रयोग गरी स्थानीयलाई उद्यमी बनाउन यस तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । बेरोजगार भई बसेका व्ययक्तिहरुलाई स्थानीय स्रोतसाधन मार्फत स्वरोजगार बनाउनु तालिमको मुख्य उद्देश्य रहेको अध्यक्ष तामाङको भनाइ छ । विशेष गरी घरभान्छामा प्रयोग हुने सामग्री बनाउन तालिममा सहभागीहरु दक्ष भएको उनले बताए ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष आचार्यले तालिम प्राप्त व्यक्तिहरुले उत्पादन गरेका सामग्रीहरुको बजार व्यवस्थापन गर्नलाई समन्वय गर्ने प्रतिवद्धता जनाइन् । तालिमका सहभागीहहरुलाई सिकेको सीपलाई व्यवहारिकरुपमा अघि बढाएर आय आर्जनको बाटोमा लाग्न उपाध्यक्ष आचार्यले आग्रह गरिन् ।





प्रतिक्रिया दिनुहोस्