• ६ चैत्र २०८१, बिहीबार

नुवाकाेट जिल्ला अस्पतालका मेसु पाण्डेलाई प्रवल जनसेवाश्री पदक

Dr.dipendra pandey

काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसको अवसरमा स्वास्थ्य सेवा तर्फ नुवाकोटका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई प्रवल जनसेवाश्री पदक पुरस्कारद्वारा सम्मान गरेको छ ।

सरकारले स्वास्थ्य तर्फका १ सय १० जनालाई सम्मान गरेको हो । सरकारले विभिन्न मानपदवीबाट स्वास्थ्य सेवा तर्फका चिकित्सक, नर्स, अनमी, अहेब लगायतका व्यक्तिहरुलाई विभिन्न मानपदवीबाट सम्मानित गर्ने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा वैशाख १ मा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

डाक्टर पाण्डेले प्रवल जनसेवाश्री पदकबाट आफू सम्मानित हुनुमा अस्पतालको सम्पूर्ण मेडिकल टिम लगायत प्रशासनिक व्यक्तिहरुको सहयोग रहेको बताएका छन् ।

“यो पदक त्रिशुली अस्पतालका सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायत सबै प्राविधिक र प्रसासनिक, कार्यालय सहयोगी कर्मचारी तथा अस्पताल व्यवस्थापन समिति प्रति समर्पण गर्न चाहन्छु”, डा. पाण्डेले भने, “कार्यालय प्रमुख भएकोले व्यक्तिगत रुपमा मेरो नाम आए पनि यसलाई समग्र अस्पतालको मूल्यांकन र कदरको रुपमा लिएको छु। सामूहिक नेतृत्व र सामूहिक प्रयास जारी छ।”





प्रतिक्रिया दिनुहोस्