• १० बैशाख २०८२, बुधबार

विदुर ब्यारेकको पहिरो अपडेट : सडक बनाउन कसैको ध्यान गएन सर्वसाधारणलाई सास्ती( भिडियोसहित)

नुवाकोट, ५ असोज । नुवाकोटको विदुर नगरपालिका- ४ को आर्मी ब्यारेकछेउमा सोमबार राति परेको अविरल बर्षाले सडक बगाउँदा अबरुद्ध भएको सडक मंगलबार बिहान पनि खुलाईएको छैन ।

सोमबार राति करिब ८ बजे तिर गएको पहिरोले सडक पूर्ण रुपमा बन्द हुँदा यातायात ठप्प भएको थियो ।

मंगलबार बिहान पनि बगाएको सडक बनाउन र सडक सुचारु गर्न कसैको ध्यान नजाँदा आवतजावतमा कठिनाइ भएको र सवारी साधन सञ्चालन हुन नसकेको स्थानीयले जानकारी दिएका छन् ।

विदुर नगरपालिका र गल्छी त्रिशुली मैलुङ सडकखण्ड निर्माण आयोजना कम्पनीको लापरवाही र वेवास्ताका कारण उक्त ठाउँको सडक र कल्भट पटक पटक भासिने र बगाउने गरेको छ ।

उक्त समस्या समाधानको लागि नगरपालिका र आयोजनाको ध्यान गएको देखिँदैन् ।





प्रतिक्रिया दिनुहोस्