• १० बैशाख २०८२, बुधबार

कांग्रेसको १४ औं महाधिवेशन : प्रदेस सभा क्षेत्र सभापतिमा युवा नेता केसीको उम्मेद्वारी

नुवाकोट, ८ असोज । नेपाली कांग्रेस यतिबेला पार्टीको आन्तरिक निर्वाचनमा व्यस्त छ । १४ औँ महाधिवेशनका लागि पार्टीको वडा तहबाट कांग्रेसले निर्वाचन सुरु गरेको हो ।

पार्टीभित्र प्रतिस्पर्धी क्षमताको विकासका लागि पनि आन्तरिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ । वडा तहको निर्वाचन सम्पन्न भइरहँदा नगर र क्षेत्रको निर्वाचन पनि नजिकमा छ । यसका लागि कांग्रेसीजन उमेद्वारी घोषणा र चुनावी प्रचारमा लागिरहेका छन् । पार्टीभित्र युवा पुस्ताको पकड हुनुपर्छ भन्ने मान्यताका आधारमा धमाधम उमेद्वारी घोषणा भइरहेका छन् ।

नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र ‘क’ को क्षेत्र सभापतिका लागि युवा नेता सरोज केसीले उम्मेद्वारी घोषणा गरेका छन् । ‘राजनीतिमा युवा पुस्ताको सक्रियता समयको माग र आवश्यकता बन्दै गएको छ’, युवा नेता केसीले भने, ‘त्यसैका लागि अग्रजलाई सम्मान, युवालाई मतदान भन्ने नारा लिएर प्रदेश सभा क्षेत्र सभापतिमा मैले उमेद्वारी दिएको हो ।’ केसी जोश, जाँगर र उत्साहका धनी छन् । त्यसलाई पार्टीको संगठन विस्तार र अभियानमा जोड्न सकिन्छ भन्ने उनलाई लागेको छ । ‘मेरो सक्रियताको प्रयोग पार्टीले गर्नुपर्छ भन्ने मान्यता मैले राखेको छु’, केसीले भने ।

राजनीतिमा युवा पुस्ताको सक्रियता बढ्दै गए मात्र देशले विकासको गतिलिन सक्ने उनी बताउँछन् । बिधार्थि राजनितिबाटै खारिएका केसीले यश प्रदेस क्षेत्रकाे नेतृत्व समाले भने साच्चैनै यश भेगकाे सर्बागिण बिकासमा छलाङ मार्न सक्छ भन्ने कुरा यहाँका प्रतिनपधिहरू बताऊछन राजनीतिक विश्लेषण गर्न सक्ने क्षमताका केसी शैक्षिक आन्दोलन र अभियानमा पनि सामेल हुँदै आएका छन् ।

निर्वाचन क्षेत्रका अग्रज नेता, युवा र साथीहरुको आफू प्रती ठूलो सद्भाव रहेको भन्दै नेता केसीले यसपटक सबैले साथ दिने अपेक्षा गरेका छन् । केसीले  प्रदेस सभा क्षेत्र सभापति जित्नेमा आफूहरु ढुक्क भएको केसीका समर्थकहरुले दावी गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्