• २२ मंसिर २०८१, शनिबार

नेपाली कांग्रेस तादी गाउँपालिकाको सभापतीमा नारायण प्रसाद पाण्डेको उम्मेद्धारी घोषणा

नुवाकोट, ९ असोज ‌। नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेसनमा नुवाकोटको तादी गाँउपालिकामा नारायण प्रसाद पाण्डेले आफ्नो साझा उमेद्वारी घोषणा गरेका छन् ।

तादी गाउँपालिका अध्यक्ष समेत रहेका पाण्डेसँगै कांग्रेस नेताद्वय बिष्णु पाठक र दिनेश खनालले पनि आ-आफ्नो उमेद्वारी घोषणा गरेका छन् । हाल तादी गाँउपालिकाको अध्यक्ष रहेका पाण्डेले नेपाली कांग्रेस तादीको सभापतीको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

मुलुक संघीयतामा जानु पूर्व खरानिटार गाँउ बिकास समितिको २ कार्यकाल निर्बिरोध गाँउ सभापती समेत रहेका पाण्डेले नेविसंघबाट नेपाली कांग्रेसको राजनीतिमा डेब्यु गरेका थिए ।

उनी नेविसंघको विद्यार्थी राजनीतिमा लामो समय आबद्ध भएर राजनीतिक आन्दोलनमा सरिक भएका थिए । नेता पाण्डेलाई कांग्रेस केन्द्रिय सदस्य डाक्टर रामशरण महत, अर्जुननरसिंह केसी, डाक्टर प्रकाश शरण महत लगायतको समर्थन रहेको छ ।





प्रतिक्रिया दिनुहोस्