नुवाकोट, ९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शनिबार नुवाकोटमा जिल्ला भेला सम्पन्न गरेको छ । राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा राप्रपा नुवाकोटका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
शनिवारको कार्यक्रमले जिल्ला कार्यसमिति चयन गरेको कार्यक्रमका सभापति तथा विदुर नगरपालिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।
राप्रपाको जिल्ला स्तरीय भेलाले नेता कुल बहादुर खड्कीलाई अध्यक्षको जिम्मेवारी दिएको छ भने विमल थापालाई वरिष्ठ उपाध्यक्ष र कान्छा लामालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । शनिबार सम्पन्न भेलाले जिल्लामा २९ सदस्य कार्यसमिति घोषणा गरेको छ।