• १२ जेष्ठ २०८३, मंगलवार

टिपरको टक्करबाट लिखु गाउँपालिका तरुण दल नेता रामकुमार गजुरेलको मृत्यु, दुई घाईते

लिखु, १० असोज । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ५ अमिलबोटमा टिपरको ठक्करबाट शनिबार एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

ना ८ ख ५७९१ नम्बर टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको स्थानीय प्रहरीले बताएको छ ।मृत्यु हुनेमा तरूण दल नुवाकोटका नेता रामकुमार गजुरेल रहेका छन् ।

दुर्घटनामा नवराज रोक्का र प्रकाश पाठक गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।उनीहरूको काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलमै मृत्यु भएका गजुरेल गत स्थानीय निर्वाचनमा लिखु-३ मा वडा अध्यक्षका उम्मेदवार समेत थिए ।

घर नजिक सडकको किनारामा साइड लाइट बालेर मोटरसाइकल रोकी राखेर कुराकानी गरिरहेका युवाहरू भएको स्थानमा टिपरले ठक्कर दिएको स्थानीयले बताएका छन् । टिपर लाइसेन्स नभएको व्यक्तिले चलाएको र चालक फरार रहेको बताइएको छ ।

अहिले स्थानीयले बाटो बन्द गरेर दोषीमाथि कारबाहीको माग गरिरहेका छन् । पिडित पक्षलाई उचित क्षतीपुर्ति नमिले सम्म बाटो नखुल्ने स्थानियहरुले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्