• २ फाल्गुन २०८१, शुक्रबार

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी धादिङमा नवनियुक्त ब्रान्च म्यानेजर न्यौपानेको स्वागत


धादिङ, १२ असोज । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी धादिङ शाखाको नवनियुक्त शाखा प्रमुख विकास न्यौपाने (प्रकाश) लाई धादिङ शाखामा आज मंगलबार स्वागत गरिएको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नुवाकोट शाखा मा कार्यरत न्यौपाने गत ५ गते मंगलबार मात्र कम्पनीको शाखा प्रमुखको रूपमा धादिङ आइपुगेका थिए ।

नवनियुक्त शाखा प्रमुख न्यौपानेलाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाका अनिता शिलवाल, सुरेस तामाङ, निर्मला गुरुङ, प्रकाश तामाङ लगाएतका एजेन्सी टिमले स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै शाखा प्रमुख न्यौपानेले धादिङ शाखामा कम्पनिको नाफा र आर्थिक बृद्धिको लागि निरन्तर सक्रियताको साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्