• २८ भाद्र २०८३, आईतवार

कांग्रेस अधिवेशन निष्पक्ष नभएको नेता अर्जुननरसिंह केसीको टिप्पणी

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिँह केसीले पार्टीको गाउँ नगर अधिवेशन निष्पक्ष हुन नसकेको बताएका छन्।

प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले गिरोह लगाएर पार्टी कब्जा गर्न खोजीएको भन्दै संस्थापन पक्षप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले पार्टी विधि र पद्धतीभन्दा व्यक्तिबाट संचालन गर्न खाजेको आरोप लगाए । नेता केसीले तोकिएको मितिमा निष्पक्ष निर्वाचन गराउन पदाधिकारीहरुलाई आग्रह गरे ।

विवादीत ठाउँमा अधिवेशन स्थगित गर्ने र रातारात क्रियाशील सदस्य थपेर चुनाव जित्ने पद्धतीले अहिलेको अधिवेशन निष्पक्ष नभएको उनको भनाई थियो । केही महिना अघि मात्रै क्रियाशील सदस्य लिएको व्यक्ति नेतृत्वमा आएको तर पार्टीमा वर्षौँ योगदान दिएकाहरु पछि परेको उजको गुनासो छ ।




प्रतिक्रिया दिनुहोस्