तादी, १३ असोज । भरत लामिछाने स्मृति प्रतिष्ठानले नुवाकोटको तादी गाउँपालिकाको एक क्यान्सर पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानले तादी गाउँपालिका -२ रालुकादेवीको क्यान्सरको कारण मृत्यु भएका ठुलि माया तामाङको श्रीमान लाल बहादुर तामाङलाई दश हजार आर्थिक सहयोग गरेको हो ।
गत ८ गते शुक्रबार भरत प्रसाद लामिछाने स्मृति प्रतिस्ठानले सम्बन्धित ठाउँमा नै गएर पिडित परिवारलाई आर्थिक सहयोग गरेको हो ।
भरत लामिछाने स्मृति प्रतिष्ठानले विभिन्न समयमा जिल्लामा विपन्न परिवार तथा स्वास्थ्य संस्थाहरुमा आर्थिक र स्वास्थ्य सामाग्रीहरु प्रदान गर्दै आएको छ ।