• २६ जेष्ठ २०८३, मंगलवार

नेपाली काङ्ग्रेस शिवपुरी – काठमाडौं सम्पर्क समितिले असोज २३गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

काठमाडौं, १५ असोज । नेपाली काङ्ग्रेस शिवपुरी काठमाडौं सम्पर्क समितिले आगामी असोज २३ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ।

विजया दशमी तथा दिपावली, नेपाल सम्बत, छठपर्व र ईदको पावन अवसरमा नेपाली काङ्ग्रेसका शुभचिन्तक नेता कार्यकर्ताहरुबीच सद्भाव एकता कायम गर्न माहान चाडको अवसरमा उक्त कार्यक्रम गर्ने लागिएको नेपाली काङ्ग्रेस शिवपुरी काठमाडौं सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष प्रहलाद थापाले बताए ।

कार्यक्रम सामाखुशी चोकको स्काई पार्टी प्यालेसमा बिहान ७ बजे हुने सम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष प्रहलाद थापाले जानकारी दिए।





प्रतिक्रिया दिनुहोस्