• १० बैशाख २०८२, बुधबार

गल्छी-त्रिशुली सडकखण्डको बेलकोटगढी-७ मा घडेरी खार्न भन्दै वालुवा तस्करी, नगरप्रमुख खनाल भन्छन् : थाहा छैन्(भिडियोसहित)

बेलकोटगढी, १६ असोज । नुवाकोटको बेलकोटगढी नगरपालिका स्थित गल्छी त्रिशुली सडकखण्डको छेउमा वडाको सिफारिसमा प्राकृतिक दोहनमा भएको छ ।

नगरपालिकाको वडा नं. ७ स्थित २६ काँला भन्ने ठाउँ‌मा घडेरी खार्ने नाममा वडाबाट सिफारिस बनाएर बालुवा तस्करी गरेको पाईएको छ ।

स्थानिय रमेश राईले परिवारमा अंशवण्डा गरेपछि आफूलाई घर बनाउने ४ आना जग्गामात्र सम्याउने भनेर वडाबाट सिफारिस लिगेको वडा कार्यालयले जानकारी दिएको छ ।

स्थानिय राईले सिफारिस लिन आउँदा वडाध्यक्ष हिरानिधि नेपालले आवश्यक कागजातहरु अपुग भएको भनेर फिर्ता गरेको र पछि पुन सिफारिस दिएका थिए ।

आफ्नो नगरपालिकाको वडामा अवैध रुपमा वालुवा तस्करी हुँदा समेत नगर प्रमुख राजेन्द्र रमण खनालले आफूलाई कुनैपनि जानकारी नै नभएको बताएका छन् । शनिबार बागमती प्रेस सँगको कुराकानीमा मेयर राजेन्द्र रमण खनालले त्यस्तो अवैध उत्खनन भएको मलाई जानकारी आएको छैनन्, यदि भएको भए आवश्यक कारवाही हुने बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटका एस्पी तुल बहादुर कार्कीले पनि पछिल्लो समय नुवाकोटमा नदिमा मेसिन प्रयोग गरेर उत्खनन नगरिएको भएतापनि स्थानिय तहले घडेरी बनाउने र सम्याउने नाममा तस्करीलाई उक्साइरहेको बताए । बेलकोटगढी नगरपालिका वडा नं. ७ मा घडेरी खार्ने नाममा भएको उत्खननको बिषयमा वडा नै जवाफदेही हुने उनले बताए ।

त्यस्तै, वडाध्यक्ष हिरानिधि नेपालले घडेरी खार्ने नियमलाई नगरपालिकाले परिमार्जन र व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले रमेश राईलाई आफूलाई घर बनाउने जग्गा सम्माउनको लागि सिफारिस लिएर प्राकृतिक दोहन गरेकोमा आपत्ति जनाएका छन् ।


वडाध्यक्ष नेपालले आफ्नो बचाउ गरेपनि न्युनतम वातावरण प्रभाव मूल्यांकन बिनानै यसरी भएको उत्खनन्ले राष्ट्रिय गौरवको गल्छी त्रिशुली मैलुङ सडकखण्डलाई प्रभाव पार्ने देखिन्छ । यस् विषयमा स्थानिय प्रहरी र वडा कार्यालयको पनि मिलेमतो यसरी घडेरी खार्ने नाममा उत्खनन गरिएको स्थानियले बताएका छन् ।

भिडियो हेर्नुहोस्:

उक्त भिडियो सुजन राईको सामाजिक सञ्जाल टिकटक बाट लिइएको हो ।

सामाजिक सञ्जाल टिकटकमा भेटिएको उक्त भिडियो विदुर नगरपालिका वडा नं ७ मा घडेरी खार्ने नाममा भएको प्राकृतिक दोहनको भिडियो हो ।

बागमती प्रेसकोलागि बेलकोटगढी संवाददाताले तयार पारेको समाचार सामाग्री ।





प्रतिक्रिया दिनुहोस्