• २९ माघ २०८१, मंगलवार

बागमती प्रेस समाचार प्रभाव : गल्छी-त्रिशुली सडकखण्ड अन्तर्गत बेलकोटगढी- ७ को वालुवा उत्खनन बन्द, वडाध्यक्ष नेपालको मिलेमतो

नुवाकोट, १६ असोज । नुवाकोटको गल्छी-त्रिशुली सडकखण्ड अन्तर्गत बेलकोटगढी नगरपालिका-७ को २६ काँला भन्ने ठाउँ‌मा घडेरी खार्ने नाममा भएको अवैध प्राकृतिक दोहनलाई रातको समयमा रोकिएको छ ।

वडा नम्बर ७ का वडाध्यक्ष हिमनिधि नेपालको समेत उक्त कार्यमा मिलेमतो देखिएको छ ।

वडाध्यक्ष हिमनिधि नेपालको सिफारिसमा उक्त ठाउँमा घडेरी खार्ने नामा लाखौं राजश्व छलेर प्राकृतिक दोहन हुँदा समेत बेलकोटगढी नगरपालिका र वडाध्यक्ष नेपाल चुक्क नबोलेको अवस्थामा बागमती प्रेसको बिशेष पहलमा अवैध उत्खनन रातको समयमा रोकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एस्पी तुल बहादुर कार्कीले जानकारी दिए ।

उक्त उत्खननमा वडाले बिशेष ध्यान दिनुपर्ने एस्पी कार्कीले बताएका छन् । उक्त कार्य अवैध भएपनि वडाको सिफारिसमा भएकोले हामीले केही गर्न नमिल्ने एस्पी कार्कीले बताएका छन् ।

त्यस्तै, उक्त कार्य नगरपालिकालाई कुनै जानकारी नै नभई गरिएकोले वडा कार्यालयको पनि हात हुन सक्ने जिल्ला प्रशासन कार्यालय नुवाकोटले दावी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले वडाले अवैध कार्यको समर्थन गरेकोमा आपत्ति जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्