• २८ असार २०८३, आईतवार

रसुवामा सिडियो फेरिए, नयाँ सिडियोमा नमराज जैसी आउने

रसुवा, १७ असोज । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालको ठाउँमा नवराज जैसी आउने भएका छन् ।

रसुवाको प्रजिअमा नवराज जैसी, मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर बैद्य लमजुङ, शंकर बहादुर विष्ट डोटी, रविन्द्र आचार्य मनाङ, मोहनराज जोशी डडेल्धुरा, चिरञ्जिवी राना म्याग्दी, अनुज घिमिरे तेरथुम जिल्लाको प्रजिअमा पठाएको छ ।

केही दिन अघि मात्रै गृहले नै माग गरेर पठाएको सूची अनुशारका दर्जनौँ उपसचिवहरुको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो । शुक्रवार साँझ अबेर गरी गरेको सरुवा सूची भने अझै गोप्य राखिएको छ ।





प्रतिक्रिया दिनुहोस्