• ६ बैशाख २०८१, बिहीबार

नुवाकोट- उर्लेनी सडकखण्ड शिलन्यास गर्ने मन्त्री केशव पाण्डे र बद्री मैनालीलाई माफी माग्न कांग्रेस सुर्यगढीको माग

नुवाकोट, १९ असोज । ‘नुवाकोटबाट बागेश्वर–लच्याङहुदै उर्लेनी–काल्चेदेखि मालाभञ्याङसम्म पुग्ने सडक खण्डको नौ किलोमिटर क्षेत्रको कोलोपत्रे गर्ने असोज १३ गते बागमती प्रदेश मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य, कृषि राज्यमन्त्री बद्री मैनाली र पुर्वाधार विकास मन्त्री केशव राज पाण्डेले शिलान्यास गरेका थिए ।

नुवाकोटबाट बागेश्वर–लच्याङहुदै उर्लेनी–काल्चेदेखि मालाभञ्याङसम्म पुग्ने सडक खण्डको नौ किलोमिटर क्षेत्रको कोलोपत्रे गर्न गत १३ गते शिलान्यास गरिएको कार्यक्रममा राजनीतिकरण भएको भन्दै सूर्यगढी गाउँपालिकाले बहिष्कार समेत गरेको थियो ।

त्यसैगरि, हिजो सोमबार नेपाली कांग्रेस सूर्यगढी गाउँपालिकाले नेता शंकर प्याकुरेलको नेतृत्वमा उर्लेनी सडकखण्ड शिलन्यास गर्ने मन्त्री केशव पाण्डे र बद्री मैनालीलाई माफी माग्न माग गर्दै जिल्ला पूर्वाधार विकास कार्यालय नुवाकोटलाई ज्ञापन पत्र बुझाएको छ ।

२०५१ सालमा पुर्व-अर्थमन्त्री डा. रामशरण महतको पहलमा स्थानीय नेपाली काङ्ग्रेसको सहभागितामा यातायात संचालन भईरहेको
बाटोलाई नयाँ सिलन्यास कुन घराको नाम हो? भन्ने जिज्ञासाका साथ राजनीतिक नाङ्गो नाच नेकपा एमालेले जिल्ला पुर्वाधार कार्यालय नुवाकोटलाई लौरो बनाई खडा गरेको नेपाली काङ्ग्रेस सुर्यगढी गाउँ
कमिटिको ठहर छ ।

संघियताको भावना र मर्म विपरित राजनीतिक आडमा खेतालाको ढंगबाट जिल्ला पुर्वाधार कार्यालय नुवाकोटले आफ्नो कर्तव्य निष्ठा, जिम्मेवारी र जवाफदेहिताको कुनै ख्याल नगरी नियमविपरित कार्य गरेकोले उनीहरुले दावी गरेका छन् ।

सिंङ्गो गाउँपालिका जनप्रतिनिधिलाई राजनितिक आस्थाको आधारमा अपमानित र घिनलाग्दो चरित्रहिन व्यवहार प्रदानकर्ता प्रदेश मन्त्री केशव पाण्डे, राज्य मन्त्री बद्री मैनाली र त्यसमा साक्षी माननीय मुख्य मन्त्री अष्ट लक्ष्मी शाक्य लगायतले आम सूर्यगढी जनतामाझ आफ्नो गल्ति कमजोरीको सार्वजनिक रुपमा माफि माग्नुपर्ने बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्