• २९ माघ २०८१, मंगलवार

मन्त्री छान्न बालुवाटारमा कांग्रेसको बैठक

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्‍ विस्तारबारे छलफल गर्न पदाधिकारी बैठक बसेको हो। 

बैठकले कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउने बुझिएको छ। बैठक बस्नुअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बेग्लाबेग्लै बैठक बसेको थियो। 

कांग्रेसबाट अहिलेसम्म गृह मन्त्रालयमा बालकृष्ण खाँण, परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्का र कानुन मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य मन्त्रालयमा उमेश श्रेष्ठले नेतृत्व गरिरहेका छन्।

कांग्रेसले सञ्चार र महिला तथा बालबालिका मन्त्रालय पाउने सहमति भएको छ। 

कांग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालयमा पाएको छ। अब पौडेल समूहबाट मन्त्रीमा मीनेन्द्र रिजाल, दिलेन्द्र बडू, सुजाता कोइराला, तेजुलाल चौधरी लगायतले आकांक्षा व्यक्त गरिरहेका छन्।

यहीमध्येबाटै दुई जना मन्त्री बन्ने लगभग तय भएको बताइन्छ। यस्तै, सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्ने पक्काजस्तै छ। 

प्रधानमन्त्री देउवाले शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन्।





प्रतिक्रिया दिनुहोस्