• २० जेष्ठ २०८३, बुधबार

यात्रामा समस्या भए ९८५१३१४२०५ मा फोन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आग्रह

नुवाकोट, २५ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले दसैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याएको छ ।

जिल्लाको ट्राफिक व्यवस्थापन तथा नियन्त्रणका लागि सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका सुरक्षा योजना लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहि सन्तोष पोखरेलले जानकारी दिए ।

उनका अनुसार नुवाकोटको सवारी आवागमनलाई सहज बनाउन, सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न र चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रणलाई केन्द्रमा राखेर सम्पर्क गर्न आग्रह गरिएको छ ।

चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधनमा टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न यात्राको क्रममा कसैलाई केही समस्या भए ९८५१३१४२०५ मा फोन गर्न समेत उनले सबैमा आग्रह गरेका छन् ।

चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई ओराल्दिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन आफूहरु चनाखो बनेको सहि पोखरेलले बताए ।





प्रतिक्रिया दिनुहोस्