• ३ बैशाख २०८३, बिहीबार

कांग्रेस १४ औं महाधिवेशन: नुवाकोट क्षेत्र नं २ प्रदेश ‘ख’ सभापतिमा युवा नेता गणेशमान तामाङको उमेद्वारी

नुवाकोट, २७ असोज । नेपाली कांग्रेस यतिबेला पार्टीको आन्तरिक निर्वाचनमा व्यस्त छ । १४ औँ महाधिवेशनका लागि पार्टीको वडा तहबाट कांग्रेसले निर्वाचन सुरु गरेको हो ।

पार्टीभित्र प्रतिस्पर्धी क्षमताको विकासका लागि पनि आन्तरिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ । वडा तहको निर्वाचन सम्पन्न भइरहँदा नगर र क्षेत्रको निर्वाचन पनि नजिकमा छ । यसका लागि कांग्रेसीजन उमेद्वारी घोषणा र चुनावी प्रचारमा लागिरहेका छन् । पार्टीभित्र युवा पुस्ताको पकड हुनुपर्छ भन्ने मान्यताका आधारमा धमाधम उमेद्वारी घोषणा भइरहेका छन् ।

नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘ख’ को सभापतिका लागि युवा नेता गणेशमान तामाङले उम्मेद्वारी घोषणा गरेका छन् । राम्रो काम गर्ने जो कोहिलाई समर्थन गर्दै गलतलाई गलत भन्दै सदैव विरोध गर्न तथा काङ्ग्रेस नेतृत्वमा युवाको दाबेदारी हुनुपर्छ भनेर नै आफूले उम्मेदवारी दिएको तामाङले बताए ।

विदुर – १३ बाट क्षेत्रीय प्रतिनिधि समेत रहेका गणेशमान तामाङ ग्रामीण आदर्श बहुमुखी क्याम्पस अध्ययनरत समय देखि नेपाल विद्यार्थी संघमा आबद्ध भई उक्त क्याम्पसको स्ववियु सचिव , १२ औं महाधिवेशनबाट नेपाली कांग्रेसको क्षेत्रीय सचिव र १३औं महाधिवेशनमा जिल्ला सदस्य रहिसकेका छन् । साथै उनि राजनीतिसँगै सामाजिक अभियानमा सक्रिय रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्