• ४ चैत्र २०८१, मंगलवार

दशैंको टीका : कुन देशमा कति बजे उत्तम साइत?

काठमाडौं : आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमीका दिन विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ।

नेपालबाहिर बसोबास गर्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्राडा माधवप्रसाद भट्टराईले धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टिअनुसार टीका लगाउने समय यकिन गरिएको बताए।

समितिका अनुसार नेपालमा टीका लगाउने उत्तम साइत शुक्रबार बिहान १०:२ बजे रहेको छ। यस्तै‚ भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९:५५ बजे उत्तर साइत रहेको छ।





प्रतिक्रिया दिनुहोस्