• २२ मंसिर २०८१, शनिबार

साफ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल ३–० गोलले पराजित

 काठमाडौं : साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । माल्दिभ्सको राष्ट्रिय रंगशालामा शनिबार राति भएको खेलमा नेपालमाथि ३–० गोल अन्तरको जीत दर्ता गर्दै भारतले उपाधि जितेको हो ।

भारतको यो आठौं उपाधि पनि हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा भारतले दोस्रो हाफको शुरुमै २ गोल गरेको थियो भने निर्धारित समय सकिन एक मिनेटबाँकी रहेका बेला अर्को गोल थपेको थियो । 

४८ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाए । ५० औं मिनेटमा सुरेश सिंहले गोल गरेपछि शुरुमै नेपाल २–० ले पछि परेको थियो ।६५ औं मिनेटमा आयुष घलानले गरेको क्रसलाई भारतीय किपरले बचाएका थिए । ६८ औं मिनेटमा नेपालका लागि तेज तामाङले नवयुगलाई दिएको क्रस बललाई भारतीय किपरले सहजै बचाए । ७० औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गरेको काउन्टर मुभलाई किरणले सेभ गरेका थिए । 

७५ औं मिनेटमा भारतीय खेलाडी मन्दर सिंहले प्रहार गरेको फ्रि किकलाई किरणले पन्च गरेका थिए भने रिबाउन्ड सट भने बाहिरिएको थियो । ७५ औं मिनेटमा मनिष डाँगीले गरेको प्रहार पोलभन्दा टाढा रहेको थियो ।

७८ औं मिनेटमा आयुष घलाने प्रहार गरेको फ्रि किकलाई रोहितले हेडर गर्दा टप बारमा लागेर बाहिर गएको थियो ।  ८९ औं मिनेटमा भारतका सहाद अब्दुलले व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गर्दै नेपालमाथि ३–० को फराकिलो जित दर्ता गरे ।





प्रतिक्रिया दिनुहोस्