नुवाकोट, ३ कात्तिक । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ५ मनकामनाकाे भुमेस्थानमा गत सोमबार भाल्चे देखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ बस दुर्घटनामा परी नुवाकोटको त्रिशुली अस्पतालमा उपचाररत घाइतेहरुलाई बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले भेटेका छन् ।
दुर्घटनामा परी घाइते भएकालाई बुधबार त्रिशुली अस्पतालमा पुगेर भेटेका मन्त्री पाण्डेले घाइतेहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए । उनले घाइतेहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
साथै मन्त्री पाण्डेले बुधबार बिरामीहरुलाई भेट्दै घाइते भएकाहरुको उपचारमा कुनै कसर बाँकी नराखी उपचारमा समस्या भए तुरुन्तै समाधानको निम्ति जुट्न निर्दैशन दिएका छन् ।
साथै त्रिशुली अस्पतालमा अत्यावश्यक सिटिस्क्यान मेसिन जडान गर्न र हेलिप्याड बनाउने कार्य तुरुन्तै शुरु गर्न समेत मन्त्री पाण्डेले निर्देशन दिएका छन् ।