काठमाडौं, ४ कात्तिक । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ५ मनकामनाकाे भुमेस्थानमा गत सोमबार भाल्चे देखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई राहत र घाईतेहरूको उपचारमा सहजिकरण गर्न किस्पाङ गाउँपालिका अध्यक्ष छत्र बहादुर लामा गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य बहादुर सिंह लामा र गाउँपालिका अध्यक्ष लामासहितको समूहले बिहीबार मन्त्रालयमा भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
गत सोमबार किस्पाङ गाउँपालिकामा भएको बस दुर्घटनामा परेर घाइते भएकाहरुको जिल्ला अस्पताल त्रिशुली र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको थियो ।