नुवाकोट, ९ कात्तिक । नुवाकोट-अमेरिका सम्पर्क समिति अमेरिकाले नुवाकोटको किस्पाङ गाउँपालिकामा बस दुर्घटना परि मृतय हुनेको परिवार र मोटरसाइकल दुर्घटनामा परी घाइते बिदुर न. पा ९ निवासी हरी शरण खड्कालाई आर्थिक सहयोग गर्ने बताएको छ।
किस्पाङ बस दुर्घटनामा परी मृत्यु हुने रमेश तामाङको परिवारलाई ५० हजार र मोटरसाइकल दुर्घटनामा परी घाइते बिदुर न पा ९ निवासी हरी शरण खड्कालाई ५० हजार सहयोग गर्ने नुवाकोट अमेरिका सम्पर्क समितिका सभापति विज्ञान खनालले जानकारी दिए ।
समितिले किस्पाङ घटनामा मृत्यु हुने व्यक्तिको परिवारलाई सहयोग गर्न समितिका उपसभापती राम कृष्ण भट्ट र मोटरसाइकल दुर्घटनामा परी घाइते हरी शरण खड्कालाई सहयोग गर्न सभापति खनाललाई संयोजक तोकिएको बताएको छ ।
किस्पाङ बस दुर्घटनामा परी गम्भीर घाइते १५ जनालाई जनही २०/२० हजार आर्थिक सहयोग गर्नको पनि समितिमा पहल गर्ने नेपाली जन सम्पर्क समिती अमेरिकाका नेता धनन्जय नरसिंह केसीले बताए । समितिले विभिन्न समयमा नुवाकोटमा विभिन्न सहयोग गर्दै आईरहेको छ।