नुवाकोट, ९ कात्तिक । नुवाकोटको एक स्थानिय तहका अध्यक्षले आफ्नै व्यक्तिगत खर्चमा खेलमैदान निर्माण गरिरहेका छन् । युवा शक्तिको रोजाई र खेल क्षेत्रको विकासको लागी नुवाकोटको पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आफ्नो ब्यक्तिगत खर्चमा खेलकुद मैदान निर्माण गरिरहनु भएको हो ।
गाँउपालिकाको घ्याङ्स्वारामा उहाँले ब्यक्तिगत रुपमा खेलमैदान निर्माण गरिरहेको बताउनु भएको छ । आफुसँग रहेको उपकरणहरुको परिचालन गर्दै सम्बृद्ध स्थानिय तह निर्माणको अभियानमा ब्यक्तिगत सहयोगको सुरुवात गरेको उहाँले बताउनुभएको छ ।
आफु गाँउपालिका अध्यक्षमा निर्बाचित भएपछी गाँउको सबै क्षेत्रको बिकास गर्नु आफ्नो जिम्मेवारी र दायित्व रहेको बताउदै उहाँले खेलमैदानको सिमित पुर्बाधार क्षेत्र आफ्नो ब्यक्तिगत लगानीमा निर्माण सुरु गरेको बताउनुभएको छ ।
यस्तै, उहाँले गाँउपालिकाको विकासको लागी लिईएको रणनिति अनुशार बिनियोजित बजेट र कार्यक्रमका कारण गाँउपालिकाबाट भएको लगानी अहिले सम्म खेर नगएको बताउनु भयो ।
आफु निर्बाचित भएको पहिलो बर्ष देखि चौथो बर्षसम्म गरेको लगानीको प्रतिफल स्थानिय नागरिकहरुले महसुस गर्न थालेको बताउनुभएको छ । ग्रमिण भुभाग रहेको पञ्चकन्या गाँउपालिकाको समग्र बिकासको लागी हालसम्म भएको लगानीले नागरिकहरुलाई सहजता तर्फ डो¥याएको बताउदै मुल्याङकन गर्ने काम अब नागरिकहरुको रहेको उहाँले बताउनु भएको छ ।
उहाँले गाँउपालिकाले मानब संसाधन बिकास र भौतिक पुर्बाधारको बिकासको कार्यान्वयन सँगसँगै लगेको बताउनुभएको छ ।
नुवाकोटको १२ वटा स्थानिय तह मध्ये नागरिक मैत्रि स्थानिय शासनको अबधारणमा रणनैतिक योजना निर्माण गरी पञ्चकन्या गाँउपालिकाले स्थानिय तहको बिकासको यात्रा सुरु गरेको थियो । गत स्थानिय तहको निर्बाचनमा तामाङ माओवादी केन्द्र पार्टीबाट अध्यक्षमा निर्बाचित हुनुभएको थियो ।