• ३० फाल्गुन २०८२, शनिबार

ब्लड अन रिक्वेस्टको समन्वय र ब्योनखोर युवा क्लब बुङताङको आयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न

नुवाकोट, १२ असोज । नुवाकोट जिल्लामा रक्तदानको कार्यक्रम सञ्चालन गर्दै आइरहेको समूह बल्ड अन रिक्वेस्ट इन नुवाकोट, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट र ब्योनखोर युवा क्लब बुङताङको आयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ ।

जिल्लाको म्यागङ गाउँपालिका-२ बुङताङमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त ब्योनखोर कार्यक्रम जिल्ला रेडक्रस सोसाइटीको जिल्ला शाखा नुवाकोट र रक्तसञ्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोग तथा बोल्ड अन रिक्वेस्ट इन नुवाकोटको सहजीकरणमा ब्योनखोर युवा क्लब बुङताङले आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । जसमा पुरुषको संख्या २४ रहेको छ भने महिलाको संख्या ६ जना रहेको छ।





प्रतिक्रिया दिनुहोस्