• ११ बैशाख २०८३, शुक्रबार

चट्टान बने हेभी वेट च्याम्पियन

कात्तिक १४, काठमाडौं ।पहिलो हाई अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेभी वेटतर्फको उपाधि चट्टानले जितेका छन्। दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन्।

आरडब्लुको हेभी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लु बेल्ट प्राप्त गरे। बेल्ट सहित उनले १ लाख ५० हजार रुपैयाँ हात पारे। प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वर्ल्ड जिते। उनले उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे।

ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने। उनीहरुले उपाधिसहित ७५ हजार रुपैयाँ प्राप्त गरे। लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने। साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे।

ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बने। उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे। रोयल ब्याटल म्याचमा साइन विजेता बने। उनले ४५ हजार रुपैयाँ प्राप्त गरे।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलो पटक हाई अल्टिच्युड रेस्लिङको आयोजना गरेका हुन्। खेलसँगै जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेस्लिङको आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।





प्रतिक्रिया दिनुहोस्