• ४ चैत्र २०८१, मंगलवार

गल्छी-त्रिशुली-काठमाडौं सडकखण्ड भएर चल्ने सवारी साधनको यान्त्रिक परीक्षण

नुवाकोट, १४ कात्तिक । गल्छी-त्रिशुली-काठमाडौं सडकखण्ड भएर चल्ने सवारी साधनको नुवाकोटको विदुरमा यान्त्रिक परीक्षण गर्ने गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटमा प्रहरी नायव निरीक्षकको रुपमा सन्तोष पोखरेल आएसँगै यसरी सवारी साधनको यान्त्रिक परीक्षण गर्न थालिएको हो ।

No description available.

यसरी पोखरेलले सवारी साधनको यान्त्रिक परीक्षण गरेर मात्र सवारीको इन्ट्री दिने नियम सञ्चालन गरेपछि पछिल्लो २ महिनामा नुवाकोटको विदुर हुँदै राजधानी लगायत अन्यत्र जाने सवारी साधनको दुर्घटनामा कमी आएको छ ।

No description available.

दिनानुदिन बढ्दै गरेको सवारी दुर्घटनालाई मध्यनजर गरी यन्त्रिक कारणले हुने दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय नुवाकोट र यस कार्यालयको संयुक्त आयोजना तथा अटोमोबाईल्स नुवाकोटको प्राविधिक सहयोगमा कात्तिक १३ गते शनिबार ८ बजेदेखि १०:३० बजे सम्म नुवाकोट वि.न.पा.५ गंगटे स्थित गल्छी-त्रिशुली-काठमाडौं सडक खण्ड भएर चल्ने ठुला तथा साना गरी जम्मा ९२ वटा सवारी साधनको यन्त्रिक परीक्षण गरिएको हो ।

No description available.

साथै कमी कमजोरी भएको सवारी साधनहरुलाई तुरुन्त मर्मत सम्भार गर्न सल्लाह सुझाव दिईएको, उक्त यन्त्रिक परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष पोखरेलले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्