• २२ फाल्गुन २०८२, शुक्रबार

नुवाकोटका ४८ सामुदायिक विद्यालयमा शिक्षक अभिमुखिकरण कार्यक्रम

नुवाकोट, १६ कात्तिक । रुम टु रिड, रुडेक नेपाल र शिक्षा समन्वय इकाइ नुवाकोटको समन्वयमा कक्षा १ र २ को अभ्यास पुस्तकमा आधारित विषयबस्तुबारे केन्द्रित गरी नेपाली भाषाशिक्षकको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


अभिमुखिकरण कार्यक्रममा साक्षरता कार्यक्रम लागु भएका नुवाकोट जिल्लाका ४८ वटा सामुदायिक विद्यालयका ९६ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

Open photo

अभिमुखीकरण कार्यक्रमलाई शिक्षा समन्वय इकाई नुवाकोट र शैक्षिक तालिम केन्द्रका प्रमुखहरुले अवलोकन, निरिक्षण गरेका थिए । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अर्जुन बहादुर श्रेष्ठले उक्त तालिमले शिक्षकमा थप उर्जा थपेको र शिक्षण सिकाइ प्रक्रियामा अझ बढी प्रभावकारिता आउने बताएका थिए ।

Open photo

तालिममा रुम टु रिड नुवाकोट फिल्ड अफिस र रुडेक नेपालका सहजकर्ताले सहजिकरण गरेको चन्द्रप्रभा कोईरालाले जानकारी दिए ।
कोभिड–१९ ले लामो समयसम्म विद्यालय बन्द रहेको र भर्खरै मात्र विद्यालयहरु खुलेको छोटो समयलाई ध्यानदिई एकीवृmत पाठ्यव्रmमका विषयवस्तु र पाठ्यवस्तुलाई संक्षेपिकरण गरि नेपाली विषयको सिक्नै पर्ने ज्ञान, सीप र धारणालाई समेटेर रुम टु रिडले अभ्यास पुस्तक तयार पारेको छ ।

No description available.


अभ्यास पुस्तकको रुपमा तयार गरिएको उक्त पुस्तकमा एकीकृत पाठयक्रमको आधारमा तयार गरिएका क्रियाकलापलाई विस्तृत रुपमा जानकारी गराई नमूना प्रदर्शन गरिएको थियो ।


लामो समय पछि आठ तत्वमा आधारित शैक्षणिक क्रियाकलापको तालिममा सहभागी भई विषयबस्तु माथि विस्तृत जानकारी लिई नयाँ पाठ्यापुस्तक विद्यार्थीको हात, हातमा परेकोले शिक्षकहरु उत्साहित देखिएका थिए ।





प्रतिक्रिया दिनुहोस्