• २४ मंसिर २०८१, सोमबार

नुवाकोटको दुप्चेश्वर र पञ्चकन्यामा बाल अधिकार संरक्षण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

नुवाकोट: नुवाकोटको दुप्चेश्वर र पञ्चकन्या गाउँपालिकामा बाल अधिकार संरक्षण सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ।

जिल्लाको दुप्चेश्वर र पञ्चकन्या दुईवटा पालिकाको समन्वय र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा रुडेक नेपालले बाल अधिकार संरक्षण तथा बाल विवाह बिषयक सरोकारवालाहरुलाई एक दिने अभिमुखीकरण तालिम आयोजना गरेको हो । जस्मा ३२ जना सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

No description available.

उक्त कार्यक्रमको सभाध्यक्ष रुडेक नेपालका अध्यक्ष एवं गैसस महासंघ, बाग्मती प्रदेश उपसचिव मिन कुमार केसीले गरेका थिए भने
भने प्रमुख अथितिमा जिल्ला समन्वय समिति, नुवाकोटका अध्यक्ष रजिन्द्र विक्रम सिंह ठकुरी, विशेष अथितिमा दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर थापा, उपाध्यक्ष माकुरी तामाङ, र पन्चकन्या गाउँपालिका उपाध्यक्ष विमला केसी (पाठक) रहनु भएको थियो ।

No description available.

उक्त कार्यक्रम सञ्चालन राजेन्द्र पौडेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य रमेशजुङ्ग कुँवरले राख्नुभएको थियो।

उक्त कार्यक्रममा बोल्दै सभाध्यक्ष, रुडेक नेपालका अध्यक्ष एवं गैसस महासंघ, बाग्मती प्रदेश उपसचिव मिन कुमार केसीले बालअधिकार तथा बालसंरक्षण को क्षेत्रमा स्थानीय तहले बिशेष ध्यान दिनुपर्ने कुरा बताउनुभएको थियो ।

प्रमुख आथिति, जिल्ला समन्वय समिति, नुवाकोटका अध्यक्ष रजिन्द्र बिक्रम सिंह ठकुरीले बालबालिका सम्बन्धित कार्यक्रममा जिल्ला समन्वय समिति, नुवाकोटले पनि सहकार्य गर्ने कुरा बताउनुभएको थियो ।

No description available.

गुड नेवर्स इन्टरनेशनल नेपालका बाल संरक्षण अधिकृत मिन बहादुर थापाले यस कार्यक्रमका उद्धेश्यहरु सरोकारवालाहरूलाई स्थानीय तहमा बालअधिकारका प्रमुख मुद्दाहरूको पहिचान गरी त्यसको सम्भावित उपाय खोज्नु र स्थानीय तहमा बालअधिकारको संरक्षण र प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजनाहरू निर्माण गर्नु रहेको कुरा बताउनुभयो ।

No description available.

यस कार्यक्रममा प्रशिक्षकको रुपमा आत्माराम थापा रहनुभएको थियो।





प्रतिक्रिया दिनुहोस्