२३ कात्तिक, काठमाडौं । टोखा नगरपालिकाले नगरपालिकाभित्र विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगीदातालाई सम्मान गर्ने भएको छ ।
काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले वि.सं. २०७४ वैशाखदेखि हालसम्म नगरपालिकाभित्र विभिन्न माध्यमबाट सहयोग पु¥याउने सहयोगीदातालाई सम्मान गर्न लागेको हो ।
नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले टोखामा जनप्रतिनिधि बहाल भएपछि हालसम्मको समग्र क्रियाकलाप तथा प्रगतिको अवस्था झल्कने ‘नगरको प्रगति विवरण पुस्तिका प्रकाशन, सार्वजनिक सुनुवाइ एवं सहयोगीदातालाई सम्मान’ गर्न लागिएको जानकारी दिएका छन् ।
टोखाले नगरपालिकाभित्रका उपभोक्ता समिति र उपभोक्ता समितिको पदाधिकारीको नामावली (पदसहित), कोरोना महामारीमा आर्थिक÷सामाग्री सहयोग गर्ने व्यक्ति एवं संस्था, कोरोना महामारीमा सहयोग गर्ने स्वयंसेवक, कोरोना महामारीमा प्लाज्मा दान गर्ने व्यक्ति, कोरोना महामारीमा अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई सम्मान गर्न लागेको हो ।
यस्तै, नीति निर्माणमा सल्लाह दिने महानुभावहरु, नगरपालिकाभित्र सबैभन्दा बढी कर तिर्ने करदाता, योग साधनामार्फत स्वास्थ्य सेवा प्रदान गर्ने योग साधकहरु, टोखाका चाकु उत्पादक, मनोपरामर्शदाता र प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा टोखालाई सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गर्न लागिएको नगरपमुख प्रकाश अधिकारीले बताए ।
टोखाले सम्मानका लागि योग्य व्यक्ति एवं संस्थालाई आफ्नो विवरण कात्तिक २३ गतेभित्र नगरपालिकामा उपलब्ध गराउन सबैलाई आग्रहसमेत गरेका छन् । विवरण पठाउनका लागि नगरपालिकाको सुचना प्रविधि अधिकृत जगदिश अधिकारीको ९८४१६७६९२१ मा सम्पर्क गरेर जानकारी दिन सकिन्छ । त्यस्तै विजय डंगोल ९८४९८७६९४३ मा सम्पर्क गरेर जानकारी दिन सकिन्छ । भाइवर सम्पर्कका लागि बसन्त पाठकलाई ९८५११३७५१३ मा सम्पर्क गर्न सकिन्छ । इमेलबाट पठाउनका लागि hellotokha@gmail.com/info@tokhamun.gov.np मा पठाउन सकिन्छ ।