काठमाडौं, २५ कात्तिक । नेपाली काँग्रेस नुवाकोटका युवा नेता तथा समाजसेवी ऋषिकुमार तामाङले प्रदेश सभापतिमा उम्मेद्वारीको घोषणा गरेका छन् ।
ककनी काठमाडौ सम्पर्क समितीका सभापतिसमेत रहेका तामाङले नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ को सभापतिमा आफ्नो उम्मेद्वारी
घोषणा गरेका हुन् ।
तामाङ वीपी कोइरालाको विचार र पार्टीको सिद्धान्तलाई आत्मसात् गर्दै ०४६ सालको आन्दोलनमा चारतारे झण्डा बोकेर नेपाली काँँग्रेसमा होमिएका थिए ।
महासमिति सदस्य हुँदै महाधिवेशन प्रतिनिधि समेत भइसकेका तामाङ पार्टीलाई बलियो र दरिलो बनाउनको लागि आफूले प्रदेश ‘ख’ को सभापतिमा उम्मेद्वारी दिएको बताउँछन् ।
उनी गुट उपगुटबाट अक्रान्त बनेको नुवाकोट काँग्रेसलाई एक ढिक्का बनाउनु आफ्नो पहिलो प्राथमिकता हुने पनि बताउँछन् ।