काठमाडौं : मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो जाँदा भएको भाग दौडमा ८ जना घाइते भएका छन्। थासाङ गाउँपालिका-२ मा आइतबार दिउँसो करिब १२ बजे मानापाथी हिमालबाट हिमपहिरो खस्दा मानिसहरुले भागाभाग गरेका थिए।
भागदौडमा हिमालको फेदीमा रहेको जनआदर्श माविका शिक्षक र विद्यार्थी गरी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीले जानकारी दिए।
हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा सामान्य घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालतर्फ लगिएको डिएसपी दानीले जानकारी दिए।
हिमपहिरोका कारण अन्य कुनै मानविय क्षति भने नभएको तर हावाले एक स्थानीयको घर उडाएको डिएसपी दानीले जानकारी दिए।