नुवाकोट, २८ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटले आईतबार सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरेको छ ।
ट्राफिक सचेतनामुलक कार्यक्रम अन्तर्गत सडक दुर्घटना प्रति संवेदनशील बनाउने तथा सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले चालकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्टार हस्पिटल नुवाकोटको प्राविधिक सहयोगमा नुवाकोटको विदुर नगरपालिका-४ जिल्ला ट्राफिक कार्यलय अगाडी ४० जना सार्वजनिक सवारी साधनका चालकहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नुवाकोटका प्रहरी नायव निरीक्षक सन्तोष पोखरेलले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएको चालकहरुलाई समयमा नै उपचार गर्न सल्लाह सुझाव दिईएको निरीक्षक पोखरेलले बताए । जिल्लामा पोखरेल प्रहरी नायव निरीक्षकको रुपमा आइसकेपछि उनले विभिन्न सचेतनामुलक कार्यक्रम र सवारी परीक्षण, सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिइएको देखिन्छ ।