• ४ चैत्र २०८१, मंगलवार

कांग्रेस प्रदेश महाधिवेशन : प्रदेश प्रतिनिधिमा पाण्डेको उम्मेद्वारी

नुवाकोट, २९ कात्तिक । नेपाली कांग्रेसका नुवाकोटका नेता प्रकाश जंग पाण्डेले प्रदेश प्रतिनिधिमा उम्मेद्वारी दिएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नुवाकोट क्षेत्र नं. २ प्रदेश सभा (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा युवा नेता एवं समाजसेवी पाण्डेले उमेद्वारी दिएका हुन् ।

नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका पाण्डे २०५४ सालमा नुवाकोटको पञ्चकन्या मा.वि. को प्रथम सभापति हुँदै २०५५ सालमा पञ्चकन्या रेडक्रस सभापति भएका थिए ।

निरन्तर सामाजिक क्रियाकलापमा संलग्न समाजसेवी पाण्डे २०५९ सालमा सरस्वती क्याम्पस इकाई कमिटी समेत भईसकेका छन् ।

हाल नेविसंघ नुवाकोट जिल्ला सभापति उत्तम पाठकको सहयोगीको रुपमा कार्यरत पाण्डे नेविसंघ र अखिलको संयुक्त प्यानल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रचारप्रसार समितीमा बसि काम गरेका थिए ।

श्रीराम श्रेष्ठ जिल्ला सभापति र स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकाका प्रत्यासी नगर प्रमुख यादव नेपाल क्षेत्रीय सभापति हुँदा सदस्य भएका थिए ।

प्रकाशजंग पाण्डे पञ्चायती व्यवस्था विरुद्ध गरिएको आन्दोलनमा १३ महिना जेलजीवन बिताएका साविक बेलकोट गाउँ बिकास समितिका स्वर्गीय लोकजंग पाण्डेका छोरा हुन् ।

स्व.लोक जंग पाण्डे नुवाकोट शिक्षक संघको संस्थापक सचिवको रुपमा काम गरेर जिल्लाको शैक्षिक क्षेत्रको सुधार र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।उनि पन्चकन्या मा.बि का संस्थापक प्रधानध्यापक पनि थिए ।

प्रकाश जंग पाण्डे गत स्थानीय तह निर्वाचनमा पाटी भित्रको प्राविधिक कारण पराजित भएका उनले सम्मान जनक भोट प्राप्त गरेका थिए ।नेपाली कांग्रेसमा आफ्नो राजनैतिक पहिचान बनाएका पाण्डे जिल्लामा नै कांग्रेसी युवाहरुको ढुकढुकी बनेका छन् ।

समाजिक क्रियाकलाप र समाजसेवामा नै समर्पित भएकै कारण पाण्डे पार्टी भित्र र बाहिर उतिकै चर्चामा रहेका छन् ।

पाण्डेका बुबा स्व.लोक जंग पाण्डे नेपाली कांग्रेसका केन्द्रीय नेताहरु पूर्व अर्थमन्त्री डा. रामशरण महत, प्रकासशरण महत, पूर्व मन्त्री अर्जुननरसिंह केसी सबैको प्रिय पात्र थिए । उनि कुशल नेता भएकै कारण सबै धारका नेताहरुको नजरमा बस्न सफल भएका थिए ।

देश संघियतामा आएसँगै भएको स्थानीय तहको निर्वाचनमा बेलकोटगढी नगरपालिकाको वडा नं. ११ बाट वडाध्यक्षमा उमेद्वार भएका उनि आन्तरिक कारणवश हार बेहोर्न बाध्य भएका थिए ।

बुवाको जगमा टेकेर सानै उमेरबाट राजनीति सक्रिय पाण्डे जिल्लाभरीमै आफ्नो प्रभाव राख्न सक्ने उनले क्षेत्र नं. २ प्रदेश सभा (क) का सभापतिको उमेद्वार अकल बहादुर ढुंगाना (श्याम) को प्यानलबाट प्रदेश महाधिवेशन प्रतिनिधिमा उमेद्वारी दिएका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको जीतको संघारमा पुगेर पनि हारमा स्थानीय तहमा कांग्रेसलाई जितको महशुस गराएका पाण्डेले युवाहरुको नेतृत्व गर्दै प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिएका हुन् ।

नेविसंघमा बौद्विक मानिने पाण्डे समग्र राजनैतिक विश्लेषकका साथै प्रतिपक्षसँग पनि बहस गर्ने खुबी भएका युवा नेता हुन् । कांग्रेस पार्टीको लोकतान्त्रीक पद्धती र प्रक्रियामा आफूलाई उभ्याउने पार्टी भएकोले आफ्नो मतको सहि सदुपयोग गर्न उनले क्षेत्रिय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

No description available.




प्रतिक्रिया दिनुहोस्