रसुवा, १ मंसिर । रसुवामा नेपाली कांग्रेसको वडा अधिवेशनमा एकलौटी कब्जा भन्दै प्रदर्शन भइरहेको छ ।
नेपाली काङ्ग्रेस रसुवाको कात्तिक २८ गते भएको अधिवेशन धाँधलीपुर्ण रहेको भन्दै उक्त अधिवेशन खारेजीको माग गर्दै नेपाली काँग्रेसका लोकतान्त्रिक समुहद्वारा वेत्रावती, कालिकास्थान र सदरमुकाम धुन्चेमा भएको प्रदर्शनका कारण रसुवाको केरुङ नाका दिनभर ठप्प भएको छ ।
नेपाली काङ्ग्रेस रसुवामा २७ वटा वडा रहेका छ्न् । कार्तिक २८ गते भएको अधिवेशनमा एकलौटी रुपमा मोहन आचार्य र प्रेम तामाङ समुहले व्यापक धाँधली गरेको भन्दै रिट निवेदन आउन थालेपछि जिल्लामा चरम विवाद भएको थियो ।
‘उत्तरगया वडा न २ मा निर्वाचन प्रकृया नै सुरु नगरी एकलौटी ढंगबाट प्रहरी चौकी परिसरबाट नेपाली काङ्ग्रेसको अधिवेशनमा करिब २०५ कृयाशिल सदस्यको उपस्तिथिमा प्रहरी घेरा भित्रबाट अधिवेशनमा नेतृव घोषणा गरिएकोमा आपत्ति जनाउँदै पुन लोकतान्त्रिक पद्धतिबाट अधिवेशनको माग गरी’ निवेदन आएको निर्वाचन अधिकारी सुमन केसीले बताए । यसै गरी उत्तरगया गाउँपालिका वडा नँ ३ मा उम्मेद्बारी समेत हाल्न नदिइ जबर्जस्ती प्रतिनिधि घोषणा गरिएको भन्दै उजुरी परेको बताए।
त्यसैगरी धाँधलीविरुद्ध अन्य पालिकाका विभिन्न वडाबाट लिखित तथा मौखिक निवेदन आएको र यस्तो परिस्थितिको समाधान नगरी कांग्रेसको १४ औं महाधिवेशनका लागि रसुवामा निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत केसीले आफूले निर्वाचन गराउन नसक्ने भन्दै मंगलबारै केन्द्रीय निर्वाचन समितिमा राजीनामा बुझाएर काठमाडौं फर्केका थिए । फर्कदै गरेका केसीलाई प्रहरीले बाटोबाटै पक्राउ गरी पुनः रसुवा फर्काएको लोकतान्त्रिक समुहका नेता उत्तम पौडेलले त्रताए ।
लोकतान्त्रिक पार्टीभित्रको आर्थिक अराजकता र सर्बसत्ताबाद विरुद्ध सधै लडीरहने र पैसा र बलको भरमा भएको कब्जाको बिरुद्ध सधै लडिरहने पौडेलले बताए ।
नेपाली काङ्ग्रेस रसुवामा नयाँ शक्ति समायोजनको कृयासिल सदस्यता विवादका कारण कृयाशिल सदस्यता प्रकाशन गरिएको अन्तिम ७७ औं जिल्ला थियो । काङ्ग्रेस रसुवामा १३ औं अधिवेशनमा १४७७ कृयाशिल सदस्य रहेकोमा अहिले समायोजन र नया थप गरी ३८७३ पुर्याइएको थियो ।
वडा अधिवेशनमा भएको धाँधली, आर्थिक अराजकता र संगठनको गरिमामाथि प्रहार नगर्न अपिल गर्दै दिनभर बेत्रावती बजार, कालिकास्थान र धुन्चेमा टायर बालेर प्रदर्सन भएको थियो ।
आन्दोलनको क्रममा राजिनामा दिएर फर्किएका निर्वाचन अधिकृतलाई समेत अपराधिक शैलीमा बाटोबाट प्रहरी प्रशासनले पक्राउ गरिएकोमा पनि घोर भ्रत्सना गरिएको पौडेलले बताए ।