• ३ चैत्र २०८१, सोमबार

स्वास्थ्यकर्मीलाई दिने भनिएको कोरोना जोखिम भत्ता दिन्छौं : स्वास्थ्य मन्त्री खतिवडा 

काठमाडौं,२ मंसिर । स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारले स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता दिने बताएका छन् । 

आज त्रि. वि. शिक्षण अस्पतालमा बालबालिकालाई दिइने फाइजर खोप अभियानको अवलोकन गरेपछि पत्रकारसँग कुरा गर्दै मन्त्री खतिवडाले सरकारले बोलेको कुरा पुरा गर्ने बताए । 

खतिवडाले भने,”अर्थ मन्त्रालयसँग रकम निकासाको माग गरिरहेका छौ,रकम निकासा हुने बितिकै वितरण गर्ने छौ। प्राविधिक कारणले जोखिम भत्ता समयमा नै उपलब्ध गराउन नसके पनि म विश्वास दिलाउछु सरकारले बोलेको कुरा दिन्छौं।”  

त्यस्तै उनले कोरोनाविरुद्धको खोप अभियानलाई अहिले निकै सहज बनाएको र खोप शत प्रतिशत जनताहरुमा पुर्याउने उदेश्यका साथ अगाडि बढेको बताए ।





प्रतिक्रिया दिनुहोस्