• २९ बैशाख २०८२, सोमबार

नुवाकोट कांग्रेस सभापतिमा चोकराज शाक्यको उमेद्वारी

नुवाकोट, ३ मंसिर । नेपाली कांग्रेसको आगामी मंसिर १० गते हुने जिल्ला अधिवेशनमा नुवाकोटबाट चोकराज शाक्यले सभापतिमा उमेद्वारी घोषणा गरेका छन् । कांग्रेसका ईमान्दार, कर्मठ र त्यागी नेताको छवि बनाएका शाक्य केन्द्रिय सभापति शेरबहादुर देउवाको समुहबाट जिल्ला सभापतिको चुनावी प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

विद्यार्थी जीवनको २०४२ सालदेखि नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेविसंघमा आवद्ध भएर राजनीतिमा होमिएका शाक्य २०५३ सालमै कांग्रेसको उपसभापति भईसकेका थिए । ‘आफू कांग्रेसको जिल्ला सभापतिमा उमेदवार बन्नेमा कुनै शंका छैन्, उनले भने, ‘अब सम्पूर्ण पदमा प्यानलसहित उमेदवारी दिने तयारी गरिरहेको छु।’

‘ २०५९ सालमा कांग्रेस विभाजित हुँदा तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रीकमा लागेर शेरवहादुर देउवालाई साथ दिएको भन्दै उनले सो समूहको आधिकारीक सभापति उमेदवार आफू रहेको दावी गरेका छन् ।

शाक्यले जिल्ला अधिवेशनमा रामशरण महत पक्ष सहमत भए चुनावी तालमेल गरेर जान सकिने बताएका छन् । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको बिश्वासपात्रको रुपमा रहेका सभापतीका उमेदवार शाक्य अर्का नेता बहादुरसिंह लामाको पनि निकट मानिन्छन् ।

२०४२ साल देखि ने.बि.संघ बाट राजनीति जीवन यात्रा प्रारम्भ गरेका नुवाकोट कांग्रेसका शालिन, भद्र र सरल स्वभावका त्यागी नेताका रुपमा चोकराज शाक्य चिरपरिचित रहेका छन्।

पञ्चायती शासनकालमा बहुदलिय प्रजातन्त्रको पुर्नस्थापनाको लागि दजनौं पटक प्रहरी गिरफ्तारीमा परि तत्कालिन प्रशासकको क्रुर दमन र यातना भोगेका शाक्यले २०४३ र २०४६ को जनआन्दोलनमा २ पटक गरि ३ महिना जेल जीवन बिताई सकेका छन् ।

२०४६ सालमा ने.बि.संघको जिल्ला अध्यक्ष र २०५६ सालमा तरुण दलको जिल्ला अध्यक्ष भई कुशल संगठनकर्ताका रुपमा आफुलाई परिचित बनाउन सफल शाक्य २०४३ देखि २०५३ सम्म नेपाली कांग्रेसको जिल्ला सदस्य, २०५३ देखि २०५६ सम्म जिल्ला उपसभापति, २०५९ देखि २०६४ सम्म तरुण दलको केन्द्रिय सदस्य, २०४८ देखि अहिले सम्म महाधिबेशन प्रतिनिधि, २०६२ देखि २०७२ सम्म महासमिति सदस्य र हाल संघिय मामिला तथा प्रदेश समन्वय विभागको केन्द्रिय सदस्य रहेका छन् ।

२०४६ सालको जनआन्दोलनमा ज्यानको बाजी लगायर तत्कालिन पञ्चायती ब्यवस्थाको बिरुद्धमा हुने सबै प्रकारका आन्दोलनहरुमा अग्रमोर्चामा रहेर काम गरेका शाक्य शाही शासन काल र २०६२/०६३को जनआन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए । नेपाली कांग्रेसको राजनीतिमा ३५ बर्ष भन्दा बढी समय बिताएका शाक्यले अहिले सम्म राजनीतिमा कुनै पनि अवसर र लाभको पद पाउन सकेका छैनन् ।





प्रतिक्रिया दिनुहोस्