काठमाडौं, ६ मंसिर । नेकपा माओवादी सम्वद्ध नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न भएको छ ।
प्रवास प्रमुख ओम शर्माको प्रमुख आतिथ्यतामा युरोपेली मुलुक पोर्चुगलमा सम्पन्न भएको अधिवेशनले दावा लामाको नेतृत्वमा समिति गठन गरेको हो।
लामाको अध्यक्षता रहेको समितिमा प्रकास जि.सि. र दुर्गा पौडेल उपाध्यक्षमा निर्वाचित भएका छन् भने जि.एन. पाण्डे निर्वाचित भएको पोर्चुगल स्थित नेपाली जनप्रगतिशील मञ्चले जनाएको छ ।
साथै सचिवमा रेशम बस्नेत र रवि अधिकारी निर्वाचित भएका छन् ।
मञ्चले पोर्चुगलमा रहेर राजनीतिक क्रियाकलापका साथसाथै पोर्चुगलमा रहेका नेपालीहरुलाई सहयोग समेत गर्दै आएको मञ्चका सचिव रमेश बस्नेतले जानकारी दिए ।