• ३० फाल्गुन २०८२, शनिबार

कांग्रेस महाधिवेशन: नुवाकोट क्षेत्र नं. १ मा ध्रुव श्रेष्ठ विजयी

नुवाकोट, ७ मंसिर । हिजो भएको नेपाली काँग्रेस नुवाकोटको दुई वटै संघीय निर्वाचन क्षेत्रको मतगणनाको परिणाम आउन थालेको छ । क्षेत्र नं. १ को अन्तिम मत परिणाम भर्खरै सार्वजनिक भएको छ । ध्रुब श्रेष्ठ भारी मतान्तरले बिजयी भएका छन् ।

श्रेष्ठले ५११ मत र उनका प्रतिस्पर्धी बिषम रिमालले ३८७ मत पाएका छन् । श्रेष्ठ १२४ मतान्तरले बिजयी भएका छन् ।

श्रेष्ठ डा. रामशरण महत पक्षका उम्मेदवार हुने भने रिमाल अर्जुननरसिंह केसी पक्षका हुन् । क्षेत्र नम्बर १ मा जम्मा ९२१ मत खसेको थियो ।

दुई जना सचिवमा भने दुई पक्षको एक/एक जना निर्वाचित भएका छन् ।

केसी समुहका जगदीश कुइँकेल सचिवमा निर्वाचित भएका छन् । अर्को सचिवमा श्रेष्ठ प्यानलका शिव गुणी निर्वाचित भएका छन् । सचिवमा दुई जना निर्वाचित हुने ब्यवस्था छ ।

गुणीको ४७६, कुइँकेलको ४४१ मत आएको छ । हारेका अन्य दुई सचिवहरु लालबहादुर तामाङको ४२२ र विकेश पण्डितको ३४५ मत छ ।महाधिवेशन प्रतिनिधिको भने मत गणना भइरहेको छ ।

महाधिवेशन प्रतिनिधिमा डा. केदारनरसिंह केसीले पहिलो नम्बरमा मत पाइरहेका छन् ।





प्रतिक्रिया दिनुहोस्