• २ फाल्गुन २०८१, शुक्रबार

रसुवामा जीप दुर्घटना, सात जना घाइते

रसुवा : पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मंगलबार साँझ यात्रुबाहक टाटा सुमो जिप दुर्घना हुँदा सात जना घाइते भएका छन्। पाँच जना गम्भीर घाइते भएका छन्। 

जिपले गोसाइँकुण्ड गाउँपालिका–६ मा तीन जना पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

सामान्य घाइतेमध्ये दुई जना रसुवा जिल्ला अस्पताल र गम्भीररूपमा घाइते पाँच जनालाई नुवाकोटको त्रिशूली अस्पतालमा उपचार भइरहेको  जिल्ला प्रहरी रसुवाका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए। 





प्रतिक्रिया दिनुहोस्