• ४ फाल्गुन २०८२, सोमबार

एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उषाकिरणको घोषणा

काठमाडौं, ८ मंसिर । नेकपा एमालेकी नेता उषाकिरण तिम्सिनाले दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

चितवनमा मंसिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन हुँदैछ।

उनी यसअघिदेखि नै पार्टी राजनीतिमा पनि सक्रिय थिइन् । उनी नुवाकोट पार्टी सदस्य छिन्। नवौं महाधिवेशनमा पनि उनी महाधिवेशन प्रतिनिधि थिइन्।

तिम्सिनाले यसपालि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताइन्।

उनी नेता माधवकुमार नेपालनिकट रहे पनि नेपालले पार्टी फुटाउँदा साथ दिइनन्, एमालेमै सक्रिय रहिन् ।

१० बुँदे समझदारीमार्फत् उनी एमालेमै सक्रिय रहेकी छन् । 

उनलाई अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रूपमा समेत चर्चा गर्ने गरिन्छ ।

उनी लामो समय अखिलमा रहेर पनि काम गरेकी थिइन् ।

यो समाचार सेतोपाटीमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्