• ३ श्रावण २०८२, शुक्रबार

कांग्रेस महाधिवेशन: नुवाकोटमा केसीको प्यानलबाट सचिवमा शंकर पाण्डे चुनावी प्रतिस्पर्धामा

नुवाकोट, ९ मंसिर । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको लागि माहोल तातिँदै गएको छ ।

नेपाली कांग्रेसका यूवा नेता एवं नेविसंघ नुवाकोटका सचिव शंकर पाण्डे पार्टी सचिवमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिवेशनमा जिल्ला पार्टी सभापतिका उमेद्वार डा. केदारनरसिंह केसीको प्यानलबाट उमेदवारी दिएका हुन् ।

त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसको पूर्व सभापति समेत भइसकेका पाण्डे नेपाली कांग्रेसको राजनीतिक इतिहासमा अत्यन्त त्यागि, सहनशील तल्लो तहदेखि माथिल्लो तह सम्म उच्च नेतृत्व क्षेमता भएको गुट भन्दा माथि उभिएर सङ्गठनलाई सुदृढ र विधानको परिधिभित्र उभिएर सङगठित गर्न सक्ने युवा नेताका रुपमा चिनिन्छन् ।

यूवा पुस्ताको नेतृत्वबाट पार्टीलाई चलायमान बनाउनलागि मेरो सचिवमा उमेदवारी हो पाण्डेले भने, “कांग्रेस पार्टीलाई सबैको बनाउन र सबैले अपनत्व ग्रहण गर्न लायक बनाउन मेरो विजय सुनिश्चित छ ।





प्रतिक्रिया दिनुहोस्