नुवाकोट, १० मंसिर । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत शुक्रबार नुवाकोटमा जिल्ला अधिवेशन हुँदै छ ।
नुवाकोटमा जिल्ला उपसभापतिमा कडा प्रतिस्पर्धाकाबीच नेपाली कांग्रेसका नेता एवं समाजसेवी ठाकुर जंग पाण्डेको उपसभापतिको उमेद्वारीलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
नेता ठाकुर जंग पाण्डे नुवाकोटे जनताको प्रिय सेवकका रुपमा चिनिन्छन् ।
उनी नुवाकोटका युवाहरुको ढुकढुकी, नेपाली कांग्रेसको लागि जस्तो सुकै चुनौतीपूर्ण अवस्थाको सामना गर्न हरदम तयार, सक्षम , निडर, समाजसेवी , नेपाली कांग्रेस नुवाकोटका उदियमान नेताका रुपमा परिचित छन् ।